कांग्रेसका पाँच भ्रातृ संगठन स्वतः विघटन; नयाँ तदर्थ समिति गठनको जिम्मेवारी सभापति थापालाई
नेपाली कांग्रेसका पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू म्याद थप नभएपछि स्वतः विघटन भएका छन्। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण दल, महिला संघ, दलित संघ र लोकतान्त्रिक खेलकुद संघको म्याद नथप्ने निर्णय गरेसँगै यी समितिहरू भंग भएका हुन्।










