राजनीतिराष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी; सरकारले बिना संशोधन पुनः पठाएपछि राष्ट्रपति 'बाध्य'
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका छन्। अघिल्लो साता पुनर्विचारका लागि फिर्ता पठाइएको सोही अध्यादेशलाई सरकारले कुनै संशोधन नगरी पुनः पठाएपछि राष्ट्रपतिले संवैधानिक बाध्यताका कारण जारी गरेका हुन्।
🕒 3 min read

