खेलकुदक्रिकेटर आरिफ शेख 'प्रहरी सहायक हवल्दार' पदमा बढुवा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्। यसअघि प्रहरी जवानका रूपमा कार्यरत रहेका शेखलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदान र व्यावसायिक निष्ठाको कदर गर्दै पदोन्नति गरिएको हो।






