सर्लाही — सर्लाही क्षेत्र नम्बर ४ को बसबरिया गाउँपालिकास्थित एक मतदान केन्द्रमा भएको विवादपछि रोकिएको मतदान कार्य पुनः सुरु भएको छ।
बसबरिया–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै मतदाताहरूबीच भनाभन र धकेलाधकेल भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि केही बेरका लागि मतदान प्रक्रिया स्थगित गरिएको थियो।

