Shabdastra Logo

त्रिचन्द्रका विद्यार्थीद्वारा शिक्षामन्त्रीसँग ‘खुला संवाद’ का लागि आह्वान

शिक्षा २३ दिन अघि3 मिनेटको पढाइ...
त्रिचन्द्रका विद्यार्थीद्वारा शिक्षामन्त्रीसँग ‘खुला संवाद’ का लागि आह्वान

काठमाडौँ, २०८३ वैशाख २३

त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले शैक्षिक र प्रशासनिक सुधारका दीर्घकालीन प्रभावबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसँग प्रत्यक्ष छलफल गर्न आह्वान गरेको छ। सरकारले अघि सारेको प्रशासनिक सुधारको बुँदा नं. ८६ मा उल्लेखित विषयहरूले विद्यार्थीमा पार्ने असरबारे स्पष्टता आवश्यक रहेको भन्दै स्ववियुले संवादको माग गरेको हो।


स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सरकारको नियत र योजनाका विषयमा विद्यार्थीहरूमा रहेको जिज्ञासा मेट्न मन्त्रीसँगको खुला संवाद अपरिहार्य रहेको बताएका छन्। "प्रशासनिक सुधारका बुँदाहरूले शैक्षिक क्षेत्रमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा हामी मन्त्रीज्यूसँग प्रत्यक्ष कुरा गर्न चाहन्छौँ," कोइरालाले भने।


त्रिचन्द्र स्ववियुले आगामी शुक्रबारका लागि यो संवादको प्रस्ताव अघि सारेको छ र यस कार्यक्रमको सहजीकरण स्ववियुले नै गर्ने जनाएको छ। विद्यार्थीहरूले मन्त्रीको उपस्थिति र प्रत्यक्ष अन्तरक्रियाका लागि सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गरिरहेका छन्।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...