Shabdastra Logo

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ३ जनाको मृत्यु, १५ घाइते (७ जना गम्भीर)

राष्ट्रिय १३ दिन अघि3 मिनेटको पढाइ...
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ३ जनाको मृत्यु, १५ घाइते (७ जना गम्भीर)

सुर्खेत, २०८३ वैशाख ५ सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८, पुथालामा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बनगाड कुपिण्डे–८ बाट कालीमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज ०२७१ नम्बरको जिप दुर्घटनामा परेको हो।


जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा बनगाड कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेका छन्।


उद्धार कार्यमा खटिएका बनगाड कुपिण्डे–८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको छ।


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ भने बाँकी ८ जना मध्यम घाइते छन्। गम्भीर घाइते हुनेहरूमा ३० वर्षीय मनबहादुर थापा, ६४ वर्षीय अम्मरसिंह कँवर, २७ वर्षीय डम्मर घर्ती, ३० वर्षीय जनक थापा, ४९ वर्षीय भुपेन्द्र कँवर, ३० वर्षीय भुलबहादुर थापा, ५६ वर्षीय जुगसिंह पुन र ३८ वर्षीय चालक कुलबहादुर राना रहेका छन्।


त्यस्तै, ३८ वर्षीय अम्मर पुन, २८ वर्षीय नरसिंह थापा, २५ वर्षीय प्रेमबहादुर घर्ती, २५ वर्षीय नरबहादुर थापा, ३८ वर्षीय कर्णबहादुर थापा, ४५ वर्षीय लालबहादुर घर्ती, र १५ वर्षीय तिलक थापा मध्यम घाइते भएका छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...