काठमाडौँ, २०८३ वैशाख १४
नेपालकै जेठो शैक्षिक संस्था त्रिचन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा 'इन्ट्रा-कलेज क्विज कम्पिटिसन' (अन्तर-कलेज हाजिरजवाफ प्रतियोगिता) सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको बौद्धिक विकास र शैक्षिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको सञ्चालन तथा नेतृत्व स्ववियु सदस्य जेनिश काफ्ले र दिनेश कार्कीले गरेका थिए।
प्रतियोगितामा विद्यार्थीहरूको उत्साहपूर्ण र अर्थपूर्ण सहभागिता रहेको थियो। पहिलो चरणमा विभिन्न सङ्काय र तहका गरी कुल २० वटा टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ६ वटा टोलीहरू अन्तिम चरण (फाइनल) का लागि छनोट भएका थिए। अन्तिम चरणमा यी ६ टोलीबीच कडा रोचक प्रतिस्पर्धा भएको थियो।
स्ववियु त्रिचन्द्र क्याम्पसले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी टोलीहरूलाई हार्दिक बधाई ज्ञापन गरेको छ। साथै, आगामी दिनहरूमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने यस्तै रचनात्मक तथा शैक्षिक गतिविधिहरू निरन्तर आयोजना गरिने र त्यसमा विद्यार्थीहरूको साथ, सहभागिता र सहयोगको अपेक्षा राखिएको स्ववियुले जनाएको छ।
कार्यक्रमको केहि झलकहरु:

