Shabdastra Logo

सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

राष्ट्रिय ६० दिन अघि3 मिनेटको पढाइ...
सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

२० फागुन, काभ्रेपलाञ्चोक- सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीनजिक बीपी राजमार्गमा बुधबार दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा स्कुटर चालक गोलन्जर गाउॅपालिका ३ का वर्ष ३४ का चन्द्र श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा ४ ख ३८९४ नम्बरको बस र सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज १० प ९२३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।


उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल सिन्धुली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस र चालक हरिहरपुरगढी गाउँपालिका–५ निवासी ४१ वर्षीय राजकुमार माझी जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...