काठमाडौँ, २०८३ वैशाख २६
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक तुकराज अधिकारीका अनुसार नेपाल सरकारले तोकेको समयसीमा भित्रै अर्थात् वैशाख २९ गतेभित्र एसईईको नतिजा प्रकाशन गर्ने गरी काम भइरहेको छ। बोर्डले यस वर्षको नतिजा सहज रूपमा प्राप्त गर्नका लागि १४ वटा वेबसाइट र ३ वटा एसएमएस/आईभीआर सेवा प्रदायक संस्थाहरूलाई अनुमति प्रदान गरेको छ।
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रम अनुसार नतिजा प्रकाशन गर्नेछ। नयाँ व्यवस्था अनुसार सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्र ग्रेड प्राप्त गर्नेछन्। ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा 'एनजी' (Non-Grading) उल्लेख हुनेछ।
नतिजा हेर्ने तरिकाहरू:
१. वेबसाइटमार्फत (मार्कसिटसहित): विद्यार्थीहरूले मार्कसिटसहितको नतिजा नेपाल टेलिकमको आधिकारिक वेबसाइट see.ntc.net.np बाट हेर्न सक्नेछन्। अन्य आधिकारिक वेबसाइटहरू यस प्रकार छन्:
see.gov.np(परीक्षा नियन्त्रण कार्यालय)neb.gov.np(राष्ट्रिय परीक्षा बोर्ड)see.collegeinfonepal.com
२. एसएमएस (SMS) र आईभीआर (IVR) मार्फत: इन्टरनेटको पहुँच नभएकाहरूले निम्न 'सर्ट कोड' प्रयोग गरी नतिजा थाहा पाउन सक्नेछन्:
- नेपाल टेलिकम: १६०० (SMS र IVR)
- जानकी टेक्नोलोजी: ३५००१
- आकाश गुरु: ३१००१
| Percentage | Grade | Grade Point |
| 90 & above | A+ | 4.0 |
| 80 - 90 | A | 3.6 |
| 35 - 40 | D | 1.6 |
| Below 35 | E (NG) | N/A |

