Shabdastra Logo

रुकुम पश्चिममा जिप दुर्घटना: १२ जना घाइते, तीनको अवस्था गम्भीर

राष्ट्रिय ३ दिन अघि3 मिनेटको पढाइ...
रुकुम पश्चिममा जिप दुर्घटना: १२ जना घाइते, तीनको अवस्था गम्भीर

१५ वैशाख रुकुम पश्चिम,

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ सुन्दरपानीस्थित भित्री सडकखण्डमा मंगलबार साँझ भएको जिप दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। राडी बजारबाट मैडाँडातर्फ जाँदै गरेको ग १ च ५२१३ नम्बरको बोलेरो जिप सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।


जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ। घाइतेमध्ये आठबिसकोट–१० की ४५ वर्षीया जसी दमाई, वडा नम्बर ८ का १६ वर्षीय भुपेन्द्र सत्याल र २३ वर्षीय महेन्द्र गैरेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा धनकुमारी सार्की, नन्दकली पुन, पूर्णबहादुर सार्की, सुशीला नेपाली, ओमप्रकाश घर्ती, कैली नेपाली, मिना घर्ती, मनबहादुर बस्याल र सीता बिक रहेका छन्।


दुर्घटनापछि चालक सानीभेरी गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र बिक फरार भएका छन्। प्रहरीले उनको तीव्र खोजी गरिरहेको छ भने गाडी धनी हरिबहादुर गैरे प्रहरीको सम्पर्कमा रहेका छन्। साँघुरो भित्री सडकमा अनियन्त्रित भई जिप भित्तामा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...