Shabdastra Logo

डा. अर्जुनकुमार खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त; सभामुखबाट लिए शपथ

राजनीति ३ दिन अघि3 मिनेटको पढाइ...
डा. अर्जुनकुमार खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त; सभामुखबाट लिए शपथ

सुर्खेत, २०८३ वैशाख १५

कर्णाली प्रदेशसभा सचिवालयको नयाँ सचिवको रूपमा डा. अर्जुनकुमार खड्काले जिम्मेवारी सम्हालेका छन्। मंगलबार नियुक्त भएका खड्कालाई बुधबार सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ गराएकी हुन्। तत्कालीन सचिव जीवराज बुढाथोकी विवादका कारण राजीनामा दिएर पद रिक्त भएपछि खड्कालाई नियुक्त गरिएको हो।


ओखलढुङ्गा स्थायी घर भएका डा. खड्का नेपाल सरकारका पूर्व सहसचिव हुन्। उनीसँग कानुन र न्यायको क्षेत्रमा ४० वर्षभन्दा लामो अनुभव छ। कानुन विषयमा विद्यावारिधि (PhD) गरेका उनले संघीय संसद् सचिवालयमा पाँच वर्ष कानुनी सहसचिवको रूपमा सेवा पुर्‍याएका थिए। साथै, उनले सिंगापुरको नेसनल युनिभर्सिटीबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन्।


नेपालको संविधान निर्माणका क्रममा मस्यौदा समितिमा रहेर काम गरेका डा. खड्का कर्णाली प्रदेशसभाका लागि नौलो नाम भने होइनन्। उनले २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा सहजीकरणसमेत गरेका थिए। उनको विज्ञता र लामो अनुभवले प्रदेशसभाको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Did you like this article?

टिप्पणीहरू

Checking authentication...

Loading comments...