काठमाडौँ, २०८३ वैशाख २३
नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्। यसअघि प्रहरी जवानका रूपमा कार्यरत रहेका शेखलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदान र व्यावसायिक निष्ठाको कदर गर्दै पदोन्नति गरिएको हो।
लामो समयदेखि नेपाल प्रहरीको क्रिकेट टिमको नेतृत्व गर्दै आएका आरिफले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनको यो बढुवालाई खेल र राष्ट्रिय सेवाप्रतिको समर्पणको उच्च मूल्यांकनको रूपमा लिइएको छ।

